धादिङको महादेबबेशिमा होमस्टे सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङको महादेबबेशिमा होमस्टे सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश्वर सुवेदी थाक्रे, माघ ५ । थाक्रे गाउँपालिका महादेबदेशिमा पर्यटकीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । थाक्रेली जनसमुदायको समृद्धिको सपनामा हातेमालो गर्न तारा गाउँ विकास समितिको आयोजना र थाक्रे गाउँपालिकाको सह आयोजनमा पर्यटकीय जनचेतनामूलक कार्यक्रम (होमस्टे सम्बन्धि अभिमुखिकरण) गरिएको हो ।
कार्यक्रममा थाक्रेभित्र कसरी होमेस्टे सन्चालन गर्न सकिन्छ, पर्यटक र पर्यटन के हो, पर्यटक भित्र्याउन के कस्ता क्रियाकलापहरु गर्न सकिन्छ, पर्यटन ब्यबसायका रुपमा कसरी प्रबर्द्धन गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो । थाक्रेभित्र रहेका रानिझरना, भुमिचुली, राम्चे, लेकमल्डुङ, गल्छिको रानिमाला लगायत क्षेत्रमा पर्यटकिय गन्तव्य बनाउन गर्न सकिने कामहरुको बारेमा पनि छलफल गरिएको थियो । 50115407_364763317652294_6075971915892129792_n
सँस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ बिकास समितिको आयोजना तथा थाक्रे गाँउपालिकाको सह आयोजनामा सम्पन्न कार्यक्रममा सस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ बिकास समितिका अध्यक्ष नारद कुमार लुँइटेल ,थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती , जिल्ला समन्वय समिति धादिङ्का सद्स्य उर्मिला रेग्मी,गैसस महासङ केन्द्रिय सद्स्य गोकर्ण रुपाखेती,वडा अध्यक्ष अ्मित घले ,रामशरण कार्कि ,समाजसेवी लगायत थाक्रे गाउँ पालिका र गल्छी गाँउपालिका वडा न ८ रानिमालाका स्थानियहरु सहभागी थिए ।

Facebook Comments