आशिष ठकुरी
धादिङ । पुर्वप्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सबै राजनितिक दल मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । धादिङको नौबिसे १, धार्के चालिसेमा एमाले कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानियलाई सम्बोधन गर्दै नेता नेपालले सबै राजनितिक दल मिलेर सँविधान निर्माण गरि जारी गरिसकेको अवस्थामा अब पनि सत्ताको लागि नै लुछाचुँडी गर्ने हो भने सँविधान कार्यान्वयनमा जटिलता आउने बताउनु भएको हो ।
भुकम्पपछि एकताबद्ध भएका राजनितीक दल, सत्ता र पदकोे लागि तितरवितर हुनु राम्रो नभएको बताउँदै नेता नेपालले अब आर्थिक तथा सामाजिक रुपान्तरणको लागि एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । “एमाले र एमाओवादी बिच नौबुँदे सहमती भएको छ, अब सहमती अनुसार हामी अघि बढ्छौँ” नेता नेपालले भन्नुभयो, “तर सत्ता र पदको विषयमा अन्य कुनै सहमती भने भएको छैन । ”
जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वप्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतित्थ्यता, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् साँसद चुडामणी जङ्गली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.दिनेश देवकोटा लगायतको आतित्थ्यता र नेकपा एमालेका स्थानिय नेता, कार्यकर्ता,स्थानियबासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
२०७३/१/२५ गते प्रकाशित
Facebook Comments