मछिन्द्र माध्यमिक बिद्यालयको ४९औँ बार्षिक उत्सव तथा अबिभावक भेला सम्पन्न

मछिन्द्र माध्यमिक बिद्यालयको ४९औँ बार्षिक उत्सव तथा अबिभावक भेला सम्पन्न

53485392_2328850284069171_3068172229347901440_n (1)

सन्तोष सुवेदी
धार्के,फाल्गुण २७ ।
धादिङको धुनिबेशिगरपालिका वडा नम्बर ८ मा अबस्थित श्री मछिन्द्र माध्यमिक बिद्यालयको ४९औँ बार्षिक उत्सव तथा अबिभावक भेला सम्पन्न भएको छ । बार्षिक उत्सवमा आज बिद्यालयमा बिबिध कार्यक्रम सहित भब्य रुपमा समापन गरिएको मछिन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बार्षिक उत्सव समारोहमा प्रमुख अतिथीका रुपमा धुनिबेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने बिषेश अतिथीका रुपमा धुनिबेशिनगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष तथा शिक्षा अधिकृत रामकृष्ण रेग्मी रहनुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष बच्चुराम उप्रतीको सभापतित्वमा सम्पन्न कार्यक्रमममा बर्षभरी भएका अतिरीतm क्रियाकलाप, साँस्कृतिक कार्यक्रम, बौद्धिक कार्यक्रम तथा चित्रकला आदिका साथै पठनपाठनमा उत्कृष्ट ठहरीएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथै बिद्यालयले प्रमाणपत्र र मेडलहरु प्रदान गरेको छ ।
प्रमुख अतिथीका रुपमा आउनुभएका नगरप्रमुख आचार्यले बिदालयलाई उचाईमा पुर्याउन लागीपर्ने बताउनुभयो । उहाँले बिद्यालयको शैक्षिक सुधार सँगसँगै भौतिक सुधारमा पनि धुनिबेशिनगरपालिकाले आर्थिक सहयोग प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रमममा बिद्यार्थीहरुका बिभिन्न प्रस्तुतीका साथमा स्थानियकलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका सोहि बिद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

फाल्गुण २७, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments