जनआन्दोेलनका घाईते आचार्यलाई क्यान्सर, सहयोगको लागि परिवारकोआग्रह
radiorajmargaNational
१९ बैशाख, धादिङ-जनआन्दोलन २०६२/०६३ मा घाईते भएका धादिङ केवलपुर ८ आचार्यपोखरीका लोकनाथ आचार्य यतिखेर क्यान्सरका कारण थलिएका छन् । २०७१ मँसिर देखी classical hodgkins lymphoma नामक क्यान्सरका कारण पिडीत बनेका आचार्य फेरी non hodgkins lymphoma क्यान्सरका कारण थलिएका हुन् ।
काठमाण्डौँको विर अस्पताल सहित भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा करिब सात महिना उपचार गराएर सुरुको क्यान्सर निको भए पनि फेरी अर्को क्यान्सर देखिएको छोरा जनक आचार्यले बताए ।
निम्नस्तरका आचार्य परिवारले भएको रकम र क्रण गरेर उपचार गर्दा गर्दै परिवार क्रणमा डुबेको र उपचारमा आर्थीक अभाव भएकाले सहयोगका लागि आग्रह गरेका छन् । सहयोगका लागि जनक आचार्यको नाममा प्रभु बैँकमा रहेको खाता नम्बर ०३७०१०००३३०९१३००००१ अथवा ईन्भेष्टमेन्ट बैँकमा रहेको खाता नम्बर ०१७०५०८००४५२०७ मा रकम जम्मा गर्न सकिने छ । विरामीको अवस्था र सहयोगका लागि ९८४१०३२५९९ वा ९८५१२२३४८१ मा सम्पर्क गर्न सकिने छ ।
सुरुको क्यान्सर classical hodgkins lymphoma निको हुन १२ लाख रुपैँया भन्दा बढि सकिएको छोरा आचार्यले बताए ।
गत वर्षको माघ देखी एक्कासी ज्वरो आएपछि काठमाण्डौँको विर अस्पतालमा भर्ना गरिएको र रोग प्रमाणको लागि नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराए पछि नयाँ क्यान्सर पत्ता लागेको हो । अबको क्यान्सर उपचारको लागि १५ देखी २० लाख रुपैँया लाग्ने राजिव गान्धी क्यान्सर अस्पतालका डाक्टर उल्लास वात्राले भन्नुभएको क्यान्सर पिडित लोकनाथ आचार्यका छोरा जनक आचार्यले बताए ।
निम्नस्तरidका आचार्य परिवारले भएको रकम र क्रण गरेर उपचार गर्दा गर्दै परिवार क्रणमा डुबेको र उपचारमा आर्थीक अभाव भएकाले सहयोगका लागि आग्रह गरेका छन् ।
सहयोगका लागि जनक आचार्यको नाममा प्रभु बैँकमा रहेको खाता नम्बर ०३७०१०००३३०९१३००००१ अथवा ईन्भेष्टमेन्ट बैँकमा रहेको खाता नम्बर ०१७०५०८००४५२०७ मा रकम जम्मा गर्न सकिने छ ।
विरामीको अवस्था र सहयोगका लागि ९८४१०३२५९९ वा ९८५१२२३४८१ मा सम्पर्क गर्न सकिने छ ।
जनआन्दोलन २०६२/०६३ मा घाँटी र हातमा चोट लागेर घाईते भएका ६० वर्षिय आचार्यको श्रीमती पदम कुमारी आचार्य पनि देब्रे हात सुकेर अपाङ्ग छिन् ।