नागढुंगा नाकाबाट लागूऔषधसहित दुई पक्राउ

radiorajmarga

National

धादिङ । चाडवाड नजिकिएसँगै प्रहरीले उपत्यका छिर्ने नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा प्रहरीले तालिमप्राप्त कुुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।

आज चेकजाँचका क्रममा प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषध कोरेक्ससहित दुइ जनालाई पक्राउ गरेको छ । बिहान करीव ११ बजे नागढुंगा चकेप्वाइन्टमा धरानबाट काठमाडौं आउँदै गरेको बसबाट एक सय ९५ थान अवैध लागुऔषध कोरेक्स बरामद भएको छ ।

थान्कोट बृतका डीएसपी कृष्ण पंगेनीका अनुसार धरानबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४९७७ नंम्बरको फिफा लेखिएको बसबाट सो लागुऔषध बरामद भएको हो । प्रहरीको चेकजाँचको क्रममा बसको डिक्कीमा राखिएको झोलामा उक्त लागुऔषध भेटिएको हो । लागुऔषध ल्याउने सप्तरीका २० बर्षीय विरेन्द्र यादव अर्कै बसबाट पक्राउ परेका हुन् ।

२०७३ असोज १० गते प्रकाशित