एजेन्सी । टर्कीमा सरकारविरुद्ध ‘कु’गर्नेहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको छ । ‘कू’ मा संलग्न रहेको आरोपमा अहिलेसम्म विभिन्न सरकारी सेवामा रहेका ४५ हजार व्यक्तिलाई कारवाही गरिएको छ । ती मध्ये केही हजार व्यक्तिलाई सेवाबाट अपदस्थ गरिएको छ भने धेरै संख्यामा निलम्बनमा परेका छन् ।
सरकारले शिक्षा विभागसँग सम्बन्धित १५ हजार कर्मचारीलाई निलम्बन गरेको छ भने २१ हजार शिक्षकको लाइसेन्स रद्द गरिएको छ । साथै बिश्वबिद्यालयका १५ सय डीनलाई राजीनामा दिन निर्देशन दिइएको छ । राष्ट्रपति रेचेप तैयब अर्दोगानले विद्रोहमा सहयोग गर्ने हरेकलाई राज्यका अंगबाट निकाल्ने घोषणा गर्नु भएको छ । कू मा संलग्न भएका हजारौं सुरक्षाकर्मीलाई पनि पक्राउ गरिएको छ । तर मानवअधिकारवादी सस्थाहरुले पक्राउ र त्यसपछिको यातानाको कडा विरोध गरेका छन् ।
२०७३ साउन ५ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…