केरूङ-काठमाडौ-पोखरा-लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार

radiorajmarga

National

१० चैत्र,काठमाडौ । चीनलेनेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ ।
प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो।
चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ।
चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौ पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।
नेपालमा रेलमार्ग निमार्ण गर्न भारत जुन रुपमा अघि सरेको छ त्यही गतिमा चीनले समेत चासो र इच्छा देखाएको नागरिकमा समाचार छ