नियमित स्वास्थ्य परीक्षणका लागि केपी ओली बैंकक तर्फ प्रस्थान

नियमित स्वास्थ्य परीक्षणका लागि केपी ओली बैंकक तर्फ प्रस्थान

65
kp

काठ्माण्डौं, २६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक तर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँ दिउँसो साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुभएकोे एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले बैंककमा रहेको वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।
मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ । चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह भए पनि चुनावको व्यस्तताले उहाँले स्वास्थ्य परीक्षण गराउनुभएको थिएन । ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
पौष २६ मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण