भूकम्पपीडितका नाममा स्वत : बैंक खाता

radiorajmarga

National

धादिङ । व्यक्तिगत घर निमांर्ण गर्न सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वत बैंक खाता सञ्चालन हुने भएको छ ।
विकट क्षेत्रका भूकम्पपीडितले बैंक खाता खोल्न नै कठिनाइ भइरहेको बेला नेपाल बैंकर्स एसोसिएसनको पहलमा सबै पीडितको स्वत खाता स्थापना गरी सञ्चालन हुने भएको हो ।
तथ्यांक बिभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्वन्धित बैंकहरुमा राष्ट्रिय पुन निर्माण प्राधिकरणले नै पठाउनेछ ।
प्राधिकरणले नै उनीहरुको नाममा निशुल्क खाता खोलिदिनेछ । हाल यो सेवा तत्कालका लागि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मात्र उपलव्ध गराइनेछ ।

-राजधानी

२०७३ वैशाख २६ गते प्रकाशित