कवि केवलपुरे किसानको शालिक बनाउने थार्केका अध्यक्ष आचार्यको भनाइ

कवि केवलपुरे किसानको शालिक बनाउने थार्केका अध्यक्ष आचार्यको भनाइ

56264414_392698378249895_7029753258910416896_n

शिवराज आचार्य
केवलपुर । धादिङको थाक्रे १० केवलपुरमा जनकवि कृवलपुरे किसानको ९४ औं जन्मजयन्तीको अबसरमा रचना वाचन तथा उहाँको सम्झनामा साहित्यक कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानले आयोजीत कार्यक्रममा साहित्य क्षेत्रमा कलम चलाउनु हुने प्राध्यपक डाक्टर ,साहित्यकार, सस्टा लगायतको सहभागिता रहेको थियो ।

57227027_2361932814092178_3785908161257406464_n
वि.स १९८३ सालमा धादिङको केवलपुरमा जन्मीनु भएका कवि केवलपुरे किसान कान्त्रिकारी विचार भएका कविका रुपमा चिनिने प्राध्यपक डाक्टर नरनाथ लुईटेलले बताउनु भएको थियो । ब्राह्मणको छोराले हलो जोत्दा जातै जाने रुढीबादी सोचलाई हुनले आफैले हलो जोतर रुढीबादी परमपरालाई तोड्नु भएको थियो ।
समाजमा भएका सोशण र दमनका कुरा लाई कवि किसानले कविता मापर्लत उजागड गदै आउनु भएको थियो । विभिन्न कृतिहरु लेख्दा लेख्दै कवि केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाडौंमा भएको थियो।
उनको जन्मजयन्तीको अबसरमा आयोजीत कार्यक्रममा धादिङमा जन्मीएरु विभिन्न तह र तप्कामा साहित्यको क्षेत्रमा कलम चलाउने साहित्यकारहरुले कवि केवलपुरे किसानलाईल कविता मार्फत सम्झीएको थिए ।

56972073_437406240343205_196578316675710976_n
कार्यक्रममा डा. बलदेव गाँउलेले विद्रोहि कान्त्रिकारी कवि केवलपुरे किसानले दिएर जानु भएको यो नाम लाई स्थानिय तहले आफ्नो प्रतिष्ठाको रुपमा लिनु पर्ने बताउँदै उहाँको सम्झनामा कविता समेत गाउनु भएएको थियो ।
कार्यक्रममा बोल्नु हुदै थार्के गाँउपालिकाका अध्यक्ष राम कुमार आचार्यले केवलपुरमा जन्मीएर केवलपुरलाई नेपाल भरी चिनाउन सफल हनु भएका कवि किसान लाई सम्झदै गाउँपालिकाले उहाँको शालिक निर्माण गर्ने प्रतिबध्ता जायर गर्दै आगामी दिनमा कविको जन्मजयन्ती गाउँपालिकाले बनाउने बताउनु भएको छ ।

57090188_539162026490291_1693453287816167424_n
कार्यक्रमका प्रमुख अतिथिका रुपमा आउनु भएका प्राध्यपक डा.नरनाथ लुईटेलले कविले देखाउनु भएमने बाटो लाई हामीले सधै भरी सम्झीरहनु पर्ने बताउनु भयो । कविलाई जिवन्त सम्झनका लागी आफुले केहि भूमिका खेलेको बताउनु भएको थियो ।

56832494_2081762298617686_6027597656287608832_n
धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा थाक्रे गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथिमा प्राध्यपक डा.नरनाथ लुईटेल, प्राध्यपक डा.राम चन्द्र लम्साल,डा.बलदेव गाउँले,डा.राम हरि सिलवाल,राष्ट्रिय सभाका सदस्य बलराम बास्कोटा,नेकपा नेता नेत्रराज पौडेल,थाक्रे गाउापालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रुपाखेती,वडा अध्यक्ष, साहित्यकार,साहित्यप्रमी शिक्षक ,पत्रकार स्थानिय वासिहरुको सहभागिता रहेको थियो ।


२०७५ चैत्र ३० गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments