नुवाकोट लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्दारा जग्गा गरिद

नुवाकोट लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्दारा जग्गा गरिद

नुवाकोट, १३ माघ । भूकम्पले बस्ती जोखिममा परी विस्थापित नुवाकोट लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा गरिद गरी पुनःस्थापना शुरु गरेको छ ।
जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा पुनःस्थापनाका लागि हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।

निर्माण गर्न लागिएको एकीकृत बस्ती जिल्लाको पहिलो बस्ती हो । ०७२ वैशाख १२ को भूकम्प’ले सूर्यगढी गाउँपालिका–१ लच्याङको भीरमुनि टोलका १४ परिवारका लागि प्राधिकरणले रु १४ लाखमा चार रोपनी जग्गा खरिद गरी सुरक्षित स्थानमा स्थान्तरण गराउन बस्ती निर्माण अघि बढाएको छ ।

खरिद गरिएको जग्गामा विकासका पूर्वाधार नभएकाले एकीकृत बस्तीमार्फत सुविधा उपलब्ध गराउन लाभग्राहीबाट उपभोक्ता समिति गठन गरी निवेदन माग गर्न लागिएको सचिवालयले जनाएको छ । भौगर्भिक अध्ययन प्रतिवेदनअनुसार जोखिम बस्तीको सूचीमा विभिन्न बस्तीका ३२१ परिवार सूचीकृत भएकाले स्थान्तरण गर्न सिफारिश गरिएको छ ।

जोखिमपूर्ण बस्तीमध्ये यसअघि दुई चरणमा तादी–१ उर्लेनीका ७२ मध्ये ५१ परिवारलाई तादी–३ खरानीटारमा जग्गा उपलब्ध गराइएको थियो ।

 


२०७४ माघ १३ मा प्रकाशित ।

Facebook Comments