१० बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न
radiorajmargaNational
जेठ ८, काठमाडौं । १० बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । लुम्बिनीमा २८ देशका बुद्धिजीवि तथा भिक्षु सहभागितामा भएको सम्मेलनको घोषणापत्रमा नेपाल बुद्धको जन्मभूमि मात्र नभई बुद्ध धर्मको उद्गमस्थल समेत रहेको उल्लेख छ ।
यस्तै लुम्बिनी विकासको गुरुयोजना बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई पनि सँगसँगै विकास गर्ने घोषणा पनि गरिएको छ ।
लुम्बिनी विश्वविद्यालयलाई बौद्ध शिक्षाको निकायका रुपमा विकास गराउने, गौतम बुद्धले बुद्धत्व पाएको भारतको बोधगया, ज्ञान बाढेको सारनाथ र बुद्धले मृत्युवरण गरेको कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा भएको अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा भएको छलफलका आधारमा शनिबारको सम्मेलनले घोषणापत्र सार्वजनिक गरेको हो ।
ujyaalo online
२०७३ जेठ ८ गते प्रकाशित