काठमाडौँ । पछिल्लो समय नेपालमा एचआईभीरएड्सको सङ्क्रमण घट्दै गएको छ । एचआईभीको नयाँ सङ्क्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
एचआईभीरएड्ससम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको स्वास्थ्य मन्त्रालय सम्बद्ध अधिकारीहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले नेपालमा सन् २०१० को तुलनामा १४६ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) औषधिमा पहुँच बढेको जानकारी दिँदै हाल नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआईभी सङ्क्रमण रहेको अनुमान गरिएको बताउनुभयो । तीमध्ये पुरुष २४ हजार ४४९ र महिला १४ हजार ९४८ छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर वर्गमा ०।२ प्रतिशत एचआईभी दर रहेको जानकारी पनि डा. पौडेलले दिए ।
विश्वमा सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको सङ्क्रमण दर घटेको जानकारी दिँदै डा. पौडेलले बच्चामा हुने सङ्क्रमण दर पनि ५८ प्रतिशतले कम भएको बताए ।
सन् २००७ मा एचआईभी लाग्नेको सङ्ख्या नेपालमा ७० हजार सात सय थियो भने सन् २००९ सम्ममा उक्त सङ्ख्या ६३ हजार ५२८ मा झरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीको सङ्ख्या १६ हजार २६२ छ ।
२०७३ मँसिर १६ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…