च्याङ्ली खानेपानी तथा सरसफाई आयोजनालाई पचास हजार सहयोग

च्याङ्ली खानेपानी तथा सरसफाई आयोजनालाई पचास हजार सहयोग

help

गजुरी । खानेपानी आयोजनाको दिगो ब्यबस्थापन तथा मंर्मत संभार कोषका लागी च्याङ्ली खानेपानी तथा सरसफाई आयोजनालाई ललितपुर निबासी समाजसेबी एबंम हार्डवयर ब्यापारी कन्चन थापाले रु ५०,००० सहयोगको चेक समितिका अध्यक्ष नबराज रुपाखेती लाई हस्तान्तरण गर्नु भएको छ।
गजुरी गाउँपालिका वडानं ४ र ५ मा रहेको उक्त खानेपानी आयोजना समुदाय,श्रमदान, प्रयास नेपाल धादिङले अक्सफामको सहयोगमा संचालन गरेको पुर्णिामा कार्यक्रम र गजुरी गाउँपालिकाको समेत लागत साझेदारीमा रु ५४ लाख ७६ हजार २ सय ६८ योजनाको रहेको छ ।
एक घर एक धारा सहित बन्नलागेको उक्त खानेपानी आयोजनाकाट एक सय एघार घरधुरी र एक बिद्यालयका करिब १२ सय जनसख्या प्रत्यक्ष लाभान्बीत हुने समितिका कोषा अध्यक्ष उर्मिला तिमल्सिनाले बताउनु भएको छ ।
खानेपानीको चरम अभाब भएको गजुरी गाउँ पालिका ५ च्याङ्लीमा संचालनमा रहेको खानेपानी आयोजना २०७६ बैशाख ३० सम्म सम्पन्न गर्ने लक्ष रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भएको छ ।

२०७५ पौष १८ गते प्रकाशित

Facebook Comments