हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी सम्पर्कबिहीन

radiorajmarga

National

काठमाडौं । हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कबिहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस गरेपनि काम नगर्दा लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ ।

द्यगदि,(द्यष्वगष्प्रिधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र बिस्तृत परियोजना प्रतिवेदन पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने बेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन ।

कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए ।’ डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्’ उने भने, ‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णयखारेजीका लागि बोर्ड बैठकमा प्रस्ताव गरिने भएको हो । ‘ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०७३ साउन ३ गते प्रकाशित