भारतबाट मँगलबार देखि ग्यास आयात रोकिने, केही दिनभित्रै उद्योग बन्द हुन सक्ने

भारतबाट मँगलबार देखि ग्यास आयात रोकिने, केही दिनभित्रै उद्योग बन्द हुन सक्ने

Gas

काठमाडौं । मँगलबार देखि भारतबाट नेपालमा हुने ग्यास आपूर्ति रोकिने भएको छ । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई गरिएको कारवाहीको विरोधमा ग्यास उद्योगीहरुले ग्यासको आयात रोक्ने निर्णय गरेको जनाईएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले आफू अन्तरगतका उद्योगहरुलाई निर्देशन जारी गर्दै नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न निर्देशन दिएको छ । अब आजसम्म भरिएका पीडीओअनुसार मात्रै ग्यास आपूर्ति हुने जनाईएको छ ।
सिलिन्डर बिष्फोटको घटनापछि एचपी ग्यासको पीडीओ रोकेको विरोधमा संघले कुनै उद्योगले पीडीओ नै नभर्ने निर्णय गरेको हो ।
अब केही दिन उद्योगहरुमा आजसम्म आएका र बाटोमा रहेका बुलेटबाट उद्योग चल्ने र त्यसपछि भने उद्योग बन्द हुने जनाईएको छ ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडिीओ रोक्ने निर्णय अन्यायपूर्ण भएकाले भारतबाटै ग्यास नल्याउने निर्णय भएको बताएका छन् ।
जेठ ७ मा ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले २ जेठमा पीडीओ रोक्का गर्ने निर्णय गरेको थियो । निगमले ३ जेठदेखि एचपीको पीडीओ रोकेको छ । उद्योगीले केही दिनअघि एचपीको पीडीओ खुला नगरे उद्योग बन्द गर्ने चेतावनी गरेका थिए ।
सरकारी स्वामित्वको एसटीसी ग्यासले भने पीडीओ भर्न नरोक्ने जनाएको छ ।
२०७३ असार ६ गते प्रकाशित

Facebook Comments