ग्रीसमा भिषण बाढी ः कम्तिमा १५ जनाको मृत्यु,

ग्रीसमा भिषण बाढी ः कम्तिमा १५ जनाको मृत्यु,

 

युरोपेली मुलुक ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

बाढीमा परी घाईते भएका ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । अधिकांश जेष्ठ नागरिक रहेको र उनीहरुको शब घरभित्रै भेटिएको जनाइएको छ । केही मानिसहरु अझै पनि हराईरहेका छन् । मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् । बाढीले बगाएर ल्याएको रातो माटोले ठाउँठाउँमा सडक अबरुद्ध पारेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारकर्मी परिचालन गरिएको छ ।

Facebook Comments