सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

images

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार प्रमुख यूरोपियन मुलुकमा रहेको ऋणात्मक व्याजदरको कारण सुनमा लगानी कम भएकाले भाउ घटेको हो । यस्तै अमेरिकी संघीय बैकले अर्को महिनादेखि ब्याज बढाउने संकेत देखाएकाले र डलरको भाउ बढेका कारण सुनको भाउ घटेको हो ।
चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपालमा आयातकर्ता कम भएकाले चाँदीको भाउ बढेको महासंघले जनाएको छ ।

Facebook Comments