रसुवामा अवैध सुन सहित तामाङ पक्राउ

रसुवामा अवैध सुन सहित तामाङ पक्राउ

gold

रसुवा । रसुवामा अबैध सुनसहित एकजना पक्राउ परेका छन् । स्याफ्रुबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८२ प ५११४ भिआर मोटरसाईकलबाट३९ वर्षीय जलबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको तिप्लिङ घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका, ५ स्याफ्रुबेँसीमा बस्दै आएका उनलाई नियमित जाँचको क्रममा कालिका गाउँपालिकाको कटुञ्जेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । तामाङलाई पैतालामा कागजले बेरेर जुत्ताभित्र लुकाएको अवस्थामा ३ सय ७८ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

२०७५ पौष ०९ गते प्रकाशित

Facebook Comments