घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

download

काठमाडौं । यो हप्ता सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ५९ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार ५८ हजार तीन सय रुपैयाँमा झरेको छ ।
आइतबार जस्तै सोमबार र मंगलबार तोलामा ५९ हजार रुपैयाँ रहेको सुनको भाउ बुधबार दुई सय रुपैयाँले घटेको थियो । बिहिबार फेरि एक सय रुपैयाँले घटेर ५८ हजार सात सय रुपैयाँमा झरेको थियो । बिहिबार कायम भएको भाउमा शुक्रबार फेरि चार सय रुपैयाँले घटेको हो ।
बेलायत युरेपेली युनियनबाट अलग हुने निर्णयसँगै सुनको भाउ एकै दिन तीन हजारले बढे पनि अहिले विस्तारै घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनसँगै अहिले सेयर कारोबार पनि बढेकाले सुनको भाउ केही घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सुनको भाउ धेरै घट्ने सम्भावना भने नरहेको जनाएको छ । यो हप्ता चाँदीको भाउ भने सम्रगमा उस्तै रह्यो । हप्ताभरी भाउमा उतारचढाव आएपनि आइतबार जस्तै शुत्रबार चाँदी तोलाको नौसय पाँच रुपैयाँमा किनबेच भएको छ ।

२०७३ असार ३१ गते प्रकाशित

Facebook Comments