प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत
radiorajmargaNational
७ जेठ, धादिङ । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।
अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद रहेका छन् ।
त्यस्तै महासचिवमा राजेश राई, उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएका छन् । यसैगरी सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक रहेका छन् ।
कोषाध्यक्षमा इन्द्र आचार्य रहेका छन् । लेखा आयोगका संयोजकमा विक्रम लुइँटेल र र अनुशासन आयोगका संयोजकमा जे पाण्डे घोषित भएका छन् । बाँकी सदस्यको निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिए ।
pabilnews
२०७३ साल जेठ ७ गते प्रकाशित