धादिङको गल्छीमा करदाता सेवा कार्यालय सन्चालन

धादिङको गल्छीमा करदाता सेवा कार्यालय सन्चालन

kar galchhi

गल्छि । धादिङको गल्छी गाउँपालीका स्थित गल्छिमा कर दाता सेवा कार्यालय स्थापना भई सन्चालन भैरहेको छ । धादिङ र नुवाकोट जिल्लामा विभिन्न ब्यवसाय गरेर बस्नेहरुका लागी कर तिर्न सहज होस् भनेर गत चैत्र २९ गते गल्छीमा कर कार्यालयको स्थापना गरिएको कर कार्यालयका कर अधिकृत रमेश कुमार रेग्मीले रेडियो राजमार्गलाई जानकारी दिए । रेग्मीका अनुसार कर कार्यालयमा राजस्व सँकलन, दर्ता, अन्तशुल्क, भ्याट, प्यान लगायतको सबै काम भईरहेको छ ।

आन्तरीक राजश्व कार्यालय कलंकीको मातहतमा रहने गरी दुई जिल्लाको पायक पर्ने स्थान गल्छीमा कर दाता सेवा कार्यालय सन्चालनमा आएपछि कर कार्यालयमा हुने कामको सेवा लिन सहज भएको स्थानिय सेवाग्राहिहरुले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालीका लगायत केहि स्थानका व्यक्तिहरुले भने केहि टाढा भएको गुनासो गरेका छन् । यस्तै सेवाग्राहीहरुले कार्यालय खुले पनि विभिन्न प्राविधिक समस्याका कारण काममा केही ढिलाई हुने गरेको भन्दै त्यसको सुधार गर्न सुझाव दिएका छन् ।

२०७६ बैशाख १७ गते प्रकाशित

Facebook Comments