गजुरीको पुराक्सिङमा खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

गजुरीको पुराक्सिङमा खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

gajuri-1

शिवराज आचार्य

गजुरी । धादिङको गजुरी गाउँपालिका वडा नम्वर ३ मा पुराक्सिङमा खानेपानी आयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच उक्त खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । ११ सय मिटर टाढा मुहानबाट पानी लिएर आई एक वटा १०हजार लिटरको जिर्भ ट्याङ्कीमा पानी जम्मा गरेर पुराक्सिङका २६ घरधुरीलाई तिटर सहितको एक घर एक धारा मार्फत पानी वितरण गरिएको छ ।

खानेपानि , चर्पि र सरसफाई का सुचकहरु सुरा भए पछि सफा र स्वच्छता उन्मुख गाँउ घोषण गीएको हो ।
खानेपानी आयोजना सञ्चालन हुनुभन्दा पहिले खानेपानी लिनका लागि १ घण्टा धाएर ल्याउनुपर्ने वाध्यता रहेको स्थानीय हरीमाया तामाङले वताउनुभयो । खानेपानी आयोजना सञ्चलन पश्चात पुराक्सिङमा सरसफाई र करेसाबारी निर्माण गर्न पनि सहज भएको पनि उहाँले वताउनुभयो ।

युनिसेफ र शान्ति नेपालको ८ लाख ३३ हजार ३सय, गजुरी गाउँपालिकाको ४ लाख रुपैयाँ र समुदायको श्रमदान रु। ६ लाख ६ हजार २ सय २५ गरी जम्मा १६ लाख ७५ हजार ६ सय ७५ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको शान्ति नेपालका परियोजना संयोजक राजेन्द्र चेपाङले जानकारी दिनुभयो ।

खानेपानी उपचोक्ता समितिका कृष्ण बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको आयेजनजा हस्तान्तरण कार्यक्रममा गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै गाउापालिका अध्यक्ष वस्नेत खानेपानि प्रयोग गरी खेर गएको पानिलाई पोखरीमा जम्मा गरी करेसा बारीमा तरकारी खेती गरी आयआजनमा लाग्न स्थानिय नागरीकलाई आग्रह गर्नु भयो ।। यसका साथै गाउँपालिका भित्र रहेका बाँकी घरधुरीमा पनि एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने र त्यसै अनुसारको योजना बनाएको पनि उहााले वताउनभयो । कार्यक्रममा वडा नम्वर ३ को वडाल अध्यक्ष ऋशि लाल श्रेष्ठ, गाउँपालिकाको स्वकिय सचिव वसन्त दुवाडी, शान्ती नेपालका कार्यक्रम निर्देशक पि।आर शर्मा , वडा सदस्य, पत्रकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

२०७५ पौष १६ गते प्रकाशित

Facebook Comments