गजुरी गाउँपालिकाको नयाँ भवन उद्घाटन

गजुरी गाउँपालिकाको नयाँ भवन उद्घाटन

60517521_329797664349318_5973806081418199040_n

शिवराज आचार्य
गजुरी । धादिङको गजुरी गाउँपालिकाको आज एक कार्यक्रमका विच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललले नयाँभवनको उद्घाटन गर्नु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न गाउँ पालिकालाई आग्रह गर्नुभयो । भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभएको छ ।

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उहाँले आग्रह गर्नुभयो । गजुरी गाउँपालिकाले गरेको कामको प्रसंसा गर्दै मुख्यमन्त्री पौडेलले विकास निर्माणमा जनसहभागीता लाई प्रयोग गर्न पनि आग्रह गर्नु भयो । गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद भूिम त्रिपाठी, खेम प्रसाद लोहनी,प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै आ आफ्नो ठाउँबाट काम गरेरमा जोड दिनुभएको थियो।


२०७६ जेठ ०६ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments