पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न महासंघको माग
radiorajmargaNational
जेठ १०, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय कार्यन्वयन गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष महेन्द्र विष्टको प्रतिनिधिमण्डलले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ११ बुँदे ध्यानकर्षण पत्र बुझाउँदै न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गरेको हो ।
महासंघले राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र आमसञ्चार संग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरी यसलाई प्रान्तस्तरसम्म बिस्तार गर्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न पनि माग गरेको छ ।
त्यस्तै स्वतन्त्र, स्वायत्त राष्ट्रिय मिडिया आयोग वा प्राधिकरणको स्थापना गर्न, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न, अशक्त एवं जेष्ठ पत्रकार सम्मान बृत्ति कोषको घोषणा र आवश्यक बजेट व्यवस्था गर्न माग ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
यस्तै प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वले पनि पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय कार्यान्वयन गर्न माग गर्दे सूचना तथा सञ्चारमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको छ । ujyaalo online
२०७३ जेठ १० गते प्रकाशित