जेठ ८ । भूमध्यसागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयरको विमानको तस्बिर सार्वजनिक भएको छ । इजिप्टको सेनाले विमानको खोजीको क्रममा फेला परेका सामग्रीको तस्बिर सार्वजनिक गरेको हो । इजिप्टको सेनाले सार्वजनिक गरेको तस्बिरमा लाइफ ज्याकेट, विमानको सिटका भाग तथा विमानका अरु भाग छन् । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको फ्लाइट एमएस ८०४ विमान भूमध्येसागरमा दुर्घटनाग्रस्त भएको हो । विमानमा ५६ जना यात्रु र १० चालक दलका सदस्यसहित ६६ जना दिए । बेपत्ता हनु भन्दा तीन मिनेट अघि विमानका विभिन्न भागमा आगो लागेको अनुसन्धानकर्ताले बताएका छन् ।
तर आगलागी तथा दुर्घटनाको कारण भने स्पष्ट नभएको उनीहरुको भनाई छ । सबै सिद्धान्त अपनाइएको तर अहिलेसम्म दुर्घटनाको कारण भने पत्ता नलागेको फ्रान्सका विदेशमन्त्री जेन मार्क एहुले बताउनुभयो । इजिप्टको सेनाका प्रवक्ताको फेसबुक पेजमा पोस्ट गरेको तस्बिरमा लाइफ ज्याकेट र अरु सामान इजिप्ट एयरको लोगोसहित देखाइएको छ । खोजी तथा उद्धारमा जुटेकाले विमानको केही अंश र झोला पनि फेला पारेको जनाइएको छ । तर विमानको मुख्य अंश र दुई वटा ब्ल्याक बक्स भने अझै फेला पर्न सकेको छैन । राडारसँग विमानको सम्पर्क टुट्नु अघि शौचायल तथा विद्युयतीय सामग्रीमा आगोल लागेको र यसले गर्दा क्याविन धुवाँले भरिएको पुष्टि भएको छ ।
ujyaalo online
२०७३ जेठ ८ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…