डा. केसीसँग भएका सहमति कार्यान्वयन गर्न निर्देशन
radiorajmargaNational
काठमाण्डौँ । व्यवस्थापिका संसद मातहको सामाजिक न्याय तथा मानवअधिकार समितिले डा गोविन्द केसीसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । केसीको जीवनरक्षा गर्न समेत समितिले सरकारलाई भनेको छ । समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा समितिका सदस्यहरुले आज डा केसीलाई अनशनस्थल महाराजगन्जमा भेटेपछि केसीको जीवनरक्षाको माग गरेका हुन् । चारबुँदे माग राखी डा. केसी गत असार २६ गतेदेखि त्रिविवि शिक्षण अस्पताल परिसरमा अनशनमा बस्दै आउनु भएको छ । चिकित्साशिक्षा ऐनका केही मस्यौदा चालु अधिवेशनबाट पारित गरिनुपर्ने, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने र आफूसँग सरकारले गरेका सहमति पूरा गरिनुपर्ने लगायतका माग केसीले राख्नु भएको छ । समितिले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
२०७३ साउन ३ गते प्रकाशित