शुक्रअन्नका कारण दोस्रो किस्ताबाट बञ्चित हुँदै रसुवाका भूकम्प पीडित

शुक्रअन्नका कारण दोस्रो किस्ताबाट बञ्चित हुँदै रसुवाका भूकम्प पीडित

रसुवा,३० पौष । रसुवाका भूकम्प प्रभावितले शुक्र उदाएपछि मात्र घर निर्माण सुरु गर्ने भएका छन् । गत वर्षको माघभन्दा अगाडी किस्ता बुझेका प्रभावितले पुष मसान्तसम्ममा दोस्रो किस्ता बुझि सक्नुपर्ने भएपनि शुक्र उदाउने दिनलाई पर्खदा जग राख्ने काम समेत गरेका छैनन् ।

माघ १८ गते शुक्र उदाएपछि मात्र घर निर्माण सुरु गर्न लागेका भूकम्प प्रभावित किस्ता पाउनबाटै बञ्चित हुने देखिएका छन् । गएको वर्षको माघ महिना अगावै ५० हजार बुझेका प्रभावितले अहिलेसम्म जग राखेका छैनन् ।
चिसो मौसम, चाडपर्व, विभिन्न चरणमा भएको चुनाव, कामदारको अभाव, निर्माण सामग्रीको अभाव लगायतका कारण निजी आवास निर्माण हुन नसकेकोले म्याद थप्न जिल्लाका प्रभावितले आग्रह गरेका छन् ।
३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएको थियो । जिल्लामा ११ हजार ६ सय २९ लाभग्राही छन् । जिल्लामा रहेका लाभग्राहीमध्ये १० हजार एक सय ५९ सँग अनुदान सम्झौता भएको छ । तीन हजार २ सय जनाले दोस्रो किस्ता बुझेका छन् भने एक हजार नौ सय लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।


पौष ३० मा प्रकाशित ।

Facebook Comments