प्रेम सागर फाउण्डेशनका महासचिव न्यौपानेको तेह्रौँ दिनको पुण्य तिथीमा श्रद्धांजली कार्यक्रम

प्रेम सागर फाउण्डेशनका महासचिव न्यौपानेको तेह्रौँ दिनको पुण्य तिथीमा श्रद्धांजली कार्यक्रम

dornath

तसर्पु । प्रेम सागर फाउण्डेशनका महासचिव डोरनाथ न्यौपानेको तेह्रौँ दिनको पुण्य तिथीमा श्रद्धाण्जली कार्यक्रम गरिएको छ । धादिङको थाक्रे दामेचौरमा रहेको प्रेमसागर फाउण्डेशनमा भएको कार्यक्रममा सहभागीहरुले स्वर्गिय न्यौपानेमाथी श्रद्धासुमन व्यक्त गरेका छन् ।

स्थानिय कविराज लामाको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा थाक्रे ५ का वडा अध्यक्ष भुमि बहादुर तामाङले स्वर्गिय न्यौपानेले गर्नुभएको सामाजिक अभियानको माध्यमबाट सामाजिक परिवार गठन, फाउण्डेशनको माध्यमबाट दैनिक ५०० जनालाई खाना लगायतको काम उल्लेखनिय रहेको भन्दै यस्तो किसिमको कामलाई निरन्तरता दिईनुपर्ने पनि बताएका छन् ।

यसैगरी स्वर्गिय न्यौपानेले समग्र विकास सेवा केन्द्र, प्रेमसागर फाउण्डेशन, जन्मस्थानमा परोकार स्थापना, अनन्त गुठी स्थापना लगायत सामाजिक अभियानका काम गर्नुभएको प्रेम सागर फाउण्डेशनका उपाध्यक्ष डा. प्रमेराज ढुँगेलले बताएका छन् ।

यस्तै आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद गौतमर शारदा आधारभुत विद्यालयका शिक्षीका भागरती पौडेलले कविताको माध्यमबाट स्वर्गिय न्यौपाने प्रति श्रदासुमन व्यक्त गरेका छन् ।

यसैगरी थाहा ११ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी किरण बल, समाजसेवी प्रेम बहादुर नेगी लामा लगायतले स्वर्गिय डोरनाथ न्यौपानेको बारेमा आफ्नो भनाई राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । कार्यक्रममा थाक्रे गाउँकार्यपालिका सदस्य रजनी लामा, थाक्रे ४ नम्बर वडाका सदस्य राधिका सापकोटा लगायतको आतित्थ्यता रहेको थियो । २०१४ सालमा जन्मनुभएका उहाँको मृत्यु यहि बैशाख ५ गते निधन भएको थियो ।

२०७६ बैशाख १७ गते प्रकाशित

Facebook Comments