कर्मचारीको सहयोगबिना सरकारको स्थायित्व सम्भव छैन : मुख्यमन्त्री पौडेल

कर्मचारीको सहयोगबिना सरकारको स्थायित्व सम्भव छैन : मुख्यमन्त्री पौडेल

dormani

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीले सहयोग गरेमात्र सरकारको स्थायित्व रहने बताउनु भएको छ । हेटौंडामा स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालले आयोजना गरेको केन्द्रीय भेलामा मुख्यमन्त्री पौडेलले कर्मचारीलाई हामी पनि सरकारको अभिन्न अंग हौं भन्ने भावनाका साथ काम गर्न आग्रह गर्नु भएको हो ।

मुख्यमन्त्री पौडेलले कर्मचारीले आफू मुलुक निर्माण गर्ने महत्वपूर्ण अंगको रुपमा महशुस गरे बिकास र समृद्धि टाढा नभएको बताउनु भयो । उहाँले नयाँ परिवर्तनपछि सरकार सबै क्षेत्रलाई प्रतिस्पर्धी बनाउने अभियानमा रहेको भन्दै कर्मचारीलाई प्रतिस्पर्धी बनाउँदै मुलुक रुपान्तरणसँगै परिवर्तन समृद्धिको दिशामा अघि बढाउने काममा लागेको बताउनु भयो । देशभरबाट हेटौंडा पुगेका स्थानीय तहका कर्मचारीलाई सरकारको सहयोगी बन्न आग्रह गर्नु भएको थियो ।

२०७४ फागुन २५ गते प्रकाशित

Facebook Comments