धुनिबेशी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

धुनिबेशी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

dhunibeshi

महेश्वर सुवेदी

खानीखोला । उपभोक्ता दिवसको अबसरमा धादिङको धुनिबेशी नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार भन्ने नाराका साथ नौबिसे स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा उपभोक्ता हक अधिकार, नसर्ने रोग र अस्वस्थ बस्तु तथा सामाग्रीको प्रयोगले बढ्दै गईरहेको जोखिमका बारेमा छलफल भएको छ ।

सहभागीहरुले बस्तु तथा सामाग्रीहरुको प्रयोग गर्दा आँफै चनाखो हुनुपर्ने र स्थानिय तहले पनि यसबारेमा चासो दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले नगरपालिका सदैब नागरिकको स्वास्थ्य, शिक्षा लगायतका आवश्यकता पुरा गर्न तयार रहेको बताउनुभएको छ । उहाँले हरेक कार्यमा उत्प्रेरित भई लाग्न अनुरोध गर्दै होटेल तथा अन्य व्यवसायमा लाग्ने व्यवसायिहरुले आफ्नो ठाउँबाट सुध्रिन अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्य, स्वास्थ चौकी प्रमुख हेमन्त सुबेदी, नगरपालिकाका पुर्व स्वास्थ्य सँयोजक शिबहरी भट्ट, प्रहरी निरीक्षक उद्धव पोखरेल, नगरपालिका योजना शाखाका गिरिराज बिष्ट, सुआहारा धादिङका श्याम चौधरी, दिनेश अधिकारी, दिनेश तिमल्सिना, वडा अध्यक्ष कान्छा तामाङ, केदार पाठक, कार्यपालिका सदस्यहरु ,उद्योग बाणिज्य सघ धादिङका सदस्य ईश्वर कोईराला, विभिन्न बिद्यालयका शिक्षकहरु, होटेल तथा अन्य व्यवसायिहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, सन्चारकर्मीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

विश्व उभभोक्ता दिवस हरेक १५ मार्च मा यो दिवस नेपाल सहित विश्वभर मनाउने गरिन्छ । नेपालको सबिधानमा उपभोक्ता हक सम्बन्धी ब्यवस्था धारा ४४ मा गरिएको छ भने धारा ३० मा स्वच्छ बाताबरणमा बाँच्न पाउने हकका रुपमा ब्यवस्था गरिएको छ ।

२०७५ चैत्र १ गते प्रकाशित

Facebook Comments