धुनिबेशीमा पौष १८ र १९ गते घुम्ती शिविर सन्चालन हुने

धुनिबेशीमा पौष १८ र १९ गते घुम्ती शिविर सन्चालन हुने

dhunibeshi 1

महेश्वर सुबेदी
धुनिबेशी। धादिङको धुनिबेशी नगरपालिकामा एकीकृत घुम्ती शिबिर सन्चालन हुने भएको छ। नगरपालिका भित्र बसोबास गर्नुहुने नागरिकहरुलाई सुबिधा प्रदान गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ। यहि पौष १८ र १९ गते सन्चालन हुने घुम्ती शिबिर दुई स्थानमा सन्चालन हुनेछ । १८ गते हुने घुम्ती शिबिर धुनिबेशी ४ को वडा कार्यलय जिवनपुर भन्ज्याङमा हुने छ, जहाँबाट साबिकका जिवनपुर र छत्रेदेउराली गाबिस हालको वडा न १ देखि ५ सम्मका नागरिकहरुले सेवा लिन सक्नेछ्न। त्यसैगरी १९ गते हुने घुम्ती शिबिर ज्वालामुखी आधारभुत बिधालय ठाँटी खर्केडाँडाँमा हुने छ जहाँ साबिकको नौबिसे गाबिस हालको वडा न ६ देखि ९ सम्मका नागरिकहरुले सेवा लिन सक्नेछ्न। घुम्ती शिबिरमा विशेषगरि नागरिकता बितरण हुने छ भने अपाङ्गपरिचयपत्रको निबेदन संकलन ,जेष्ठ नागरिक परिचयपत्र बितरण लगायतका कार्य हुनेछ।साथै कृषि ,पशु,स्वास्थ्यसेवा,राजस्व संकलन ,फर्म दर्ताका साथै सिफारिससम्बन्धी अन्य सेवाहरुपनी शिबिरबाटै हुने छ।

शिबिरमा नागरिकता बितरणको लागि जिल्ला प्रशासन कार्यलयको टोलिसहित,नगरकार्यपालिकाका बिषयगत शाखाका टोलि पनि रहने छ भने सम्बन्धित वडाका अध्यक्षहरु संगै अन्य जनप्रतिनिधिहरुपनी हुनेछ्न र सिफारिस सहित वडाबाट पाईने सुबिधा शिबिरमानै पाईने छ।र नागरिकहरुले मुचुल्का सर्जिमिन लगायतका काम गर्न आफ्ना आफन्त र छिमेकीहरु शिबिर स्थानमानै ल्याउन सकिने नगरपालिकाले जनाएको छ।

धुनिबेशी नगरपालिकाले गत बर्ष पनि साबिकको छत्रेदेउराली गाबिस भवन र नौबिसे गाबिस भवनमा शिबिर सन्चालन गरेको थियो र त्यसैको निरन्तरता स्वरुप यसबर्षपनि कार्यक्रम आयोजना गरिएको र नागरिकहरुले आबश्यक ठानेमा जुनसुकै समयमा पनि आयोजना गर्न सकिने र शिबिरबाट सेवा लिन नगरप्रमुख बालकृष्ण आचार्यले अनुरोध गर्नुभएको छ।

२०७५ पौष १६ गते प्रकाशित

Facebook Comments