धादिङ, कात्तिक १३ । शिक्षा मन्त्री धनिराम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावले सँसदमा फेरी भुकम्प आएको बताउनुभएको छ । यस अघि आएको भुकम्पले भौतिक तथा मानविय सँरचना ध्वस्त पारे पछि राजनितीक दलहरु एक जुट भए सँगै अब यो लोकमान प्रकरण पछि पनि दलहरु एकजुट भई अघि बढ्नु पर्ने बताउनुभएको हो । यसैगरी उहाँले शक्तिको दुरुपयोग गर्दै कार्कीले समानान्तर सत्ता चलाउने दुष्प्रयास गरेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको बताउनुभयो ।
दिपावली, नेपाल संवत् ११३७ तथा छठ को अवसरमा शनिबार धादिङको नौैबिसे १ धार्के चालिसेमा नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर ३ धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री पौडेलले महाअभियोग प्रस्ताव पछि अख्तियार कमजोर हुन्छ भन्ने तर्क सत्य नभएको पनि बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका मन्त्री पौडेलले कार्की विरुद्धको महाअभियोग प्रस्तावले प्रमुख दलहरुलाई एकताबद्ध बनाएपनि अझै विश्वासीलो एकताको खाँचो रहेको र दलहरुको एकतालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी शिक्षा मन्त्री पौडेलले भुकम्प पिडितहरुले अहिले सम्म पनि आवास निर्माणको पहिलो किस्ताको रकम नपाउनु दुखद भएको बताउनुहुँदै सबै भुकम्प पिडितहरुले आवास निर्माणको पहिलो किस्ताको रकम नै पाउन नसकेको स्विकार्दै अव गाउँ गाउँ मा नै घुम्ती शिविर खडा गरि अनुदान वितरण गरिने बताउनु भयो ।
यसैगरी शिक्षा मन्त्री पौडेलले भुकम्प पिडितहरुले अहिले सम्म पनि आवास निर्माणको पहिलो किस्ताको रकम नपाउनु दुखद भएको बताउनुहुँदै सबै भुकम्प पिडितहरुले आवास निर्माणको पहिलो किस्ताको रकम नै पाउन नसकेको स्विकार्दै अव गाउँ गाउँ मा नै घुम्ती शिविर खडा गरि अनुदान वितरण गरिने बताउनु भयो ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…