धादिङमा यो आर्थीक वर्षमा ११ ओटा सडक कालोपत्रे भैरहेको साँसद बुर्लाकोटीको भनाई

धादिङमा यो आर्थीक वर्षमा ११ ओटा सडक कालोपत्रे भैरहेको साँसद बुर्लाकोटीको भनाई

Guruprashad-Burlakot

धादिङ । धादिङका एमाले नेता तथा साँसद गुरु प्रसाद बुर्लाकोटीले धादिङमा यो आर्थिक वर्षमा ११ ओटा सडक कालोपत्रे भैरहेको बताउनुभएको छ । गजुरी गाउँ पालिकाको गलौँदीमा आयोजना भैरहेको कृषी, पर्यटन, प्रविधी तथा राष्टिय व्यापार मेलामा बोल्नुहँदैँ नेता बुर्लाकोटीले पृथ्वी राजमार्ग जोडिएको धादिङको कालोपत्रे सडक बाहेक फुक्रेखोला बाट धादिङबेशी जाने साँढे १७ किलोमिटर सडक मात्र कालोपत्रे भएकोमा अन्य ११ ओटा सडक कालोपत्रेको लागि टेण्डर भएको बताउनुभएको हो ।
यसरी सडक कालोपत्रे भएपछि गाउँ गाउँमा उत्पादित कृषी सामाग्री बजार सम्म लैजान सहज हुने नेता बुर्लाकोटीले बताउनुभयो । त्रिशुली पारीका नागरिकलाई अझै सहज होस् भनेर त्रिशुली नदि माथी ६ वटा पक्की मोटर पुलको लागि प्रस्ताव गरिएकोमा ६ वटै स्विकृत भएको र ५ वटा पुल टेण्डर भईसकेको नेता बुर्लाकोटीको भनाई छ ।
यस्तै धादिङका एमाले नेता तथा साँसद बुर्लाकोटीले बुढिगण्डकी आयोजना बन्दा धादिङले एक वर्षमै १ अर्ब ५० करोड भन्दा बढि रोयल्टी पाउने बताउनुभएको छ ।

२०७३ चैत्र २५ गते प्रकाशित


 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments