धादिङमा अव दुई नगरपालिका सहित ११ गाउंपालिका हुने

धादिङमा अव दुई नगरपालिका सहित ११ गाउंपालिका हुने

14962439_1122468974487790_1399091859_n

कात्तीक २३, धादिङ । धादिङका राजनैतिक दलहरु जिल्लाको स्थानीय निकाय २ नगरपालिका सहित ११ वटा गाउंपालिका हुनेमा सहमत देखिएका छन् ।
जस अनुसार साविकको क्षेत्र नम्बर १ मा ५ गाउँ पालिका, क्षेत्र नम्बर २ मा एक नगरपालिका र २ गाउं पालिका, क्षेत्र नम्बर ३ मा साविकको क्षेत्र नम्बर २ को केवलपुर,गोगनपानी, कल्लेरीमा समावेश गरी चार गाउँ पालिका को प्रस्ताव गरिएको छ । साविकको ४६ गाविस र १ नगरपालिकालाई समेटेर नयाँ खाका तयार पारिएको हो ।
दलहरुको सहमती अनुसार धादिङको नौविसे, जिवनपुर र छत्रेदेउराली गाविस अव नगरपालिका वन्ने भएको छ । धुनीवेसी नगरपालिका नाम दिईएको यस नगरपालिकामा ३१ हजार २० जन संख्या रहेको छ भने नौविसे गाविसको वडा नम्बर ४ जुगेडीलाई केन्द्र तोकिएको छ ।
यस्तै रुवी भ्याली गाउँपालिकामा लापा, सेर्तुङ र तिप्लिङ गाँउ विकास समितिहरु समावेश गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै खनियाबास गाउँपालिकामा झार्लाङ, सत्यदेवी र दार्खा, गंगाजमुना गाउँपालिकामा बसेरी, बुढाथुम, फुलखर्क, री, गुम्दी, नेत्रावती गाउँपालिकामा मार्पाक, कटुन्जे, सेम्जोङ, त्रिपुरासुन्दरी गाउँपालिकामा सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर, सल्यानकोट, मुलपानी, ज्वालामुखी गाउँपालिकामा चैनपुर, खरी, ढोला, मैदी रहेका छन् ।

त्यस्तै निलकण्ठ नगरपालिकामा निलकण्ठ, धुवाकोट, ज्यामरुङ र खाल्टे, सिद्धलेक गाउँपालिकामा नलाङ, सलाङ र कुम्पुर, वेनिघाट रोराङ गाउँपालिकामा जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी गाँउपालिकामा गजुरी, पिडा र किरान्चोक र गल्छी गाउँपालिकामा बैरेनी, कल्लेरी, गोगनपानी, थाक्रे गाउँपालिकामा थाक्रे, तसर्पु, केवलपुर, भूमेस्थान गाविस समेट्ने निर्णय भएको छ ।

Facebook Comments