Categories: NationalNews

शेषकान्त फाउन्डेसन द्धारा १५ ओटा स्वास्थ्य सस्थालाई स्वास्थ्य सामग्री वितरण

शिव राज आचार्य
जेठ १०, धादिङ
धादिङको पिडा २ घाटबेसिमा शेषकान्त फाउन्डेसनलृे १५ ओटा स्वास्थ्य सस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
धादिङ क्षेञ नम्बर ३ अन्तरगतका १४ ओटा गाविसका १४ ओटा स्वास्थ्य चौकि र एउटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वाथ्य सामग्री वितरण गरिएको हो, विनासकारी महा भूकम्प पछि राहत वितरणमा प्रभाबकारीताका हिसावले धादिङका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री,विद्यालय पोसाक वितरण गदौ आएको शेषकान्त फाउन्डेसनले जर्मनबाट सहयोगमा आएको स्वास्थ्य सामग्री वितरण गरको हो ,। वितरण गरीएको सामग्रीमा १०थान बेड, १० थान ब्लानकेट, १० थान बेडकबर, १० थान चम्चा, १० थान थाल र स्वास्थ्य सामग्री रहेका छन । प्रतेक स्वास्थ्य सस्थाले शेषकान्त फाउँडेसन लाई नेपाल सरकारबाट नभएको काम यस सस्थाले गरेकोमा धन्यवाद दिएका छन् ।
यसै गरी सस्थाले मलेखुमा रहेको भद्रकाली बृद्धश्रम ,बटुक आश्रम र इलाका प्रहरी कार्यालय गजुरीलाई पनि सामग्री वितरण गरिएको छ , वितरण गरीएको सामग्रीमा २० थान बेड , २० थान ब्लानकेट , २० थान बेडकवर , २० थान थाल र २० थान चम्चा रहेको छ । बाँकि सामग्री विपन्नता भएको गाविस र धरानमा रहेको सिद्धमहायोग साधना केन्द्र चतरालाई वितरण गरिने सस्थाका सचिव ऋशि राम ढकालले बताउनु भयो ।
सामग्री जर्मन बाट सामुन्द्री मार्ग हुदौ नेपाल ल्याइएको हो ,नेपाल ल्याउन ढिला हुर्दा सामग्रीमा कर आफैँ ले तिनु परेको अनि बाटामा धेरै कानुनी झमेला समेत झेल्दा सामान नेपाल आउन तिन महिना लागेको सस्थाका उपाध्क्ष बाबु कृष्ण सापकोटाले बताउनु भयो । सामान नेपाल आएको तिन महिना सम्म वितरण गन नपाउँदा बहु मुल्य सामान विग्रीएको र बल्ल तल्ल वितरण गरिएको सस्थाका सदस्या जिव नाथ ढकालले बताउनु भयो ।
उक्त कार्याक्रमका सभापतिमा सस्थाका अध्यक्ष विशेश्वर ढकाल रहनु भएको कमर्याक्रममा प्रमुख अतिथिमा नेपाली काग्रेसका पूर्व सासद तथा धादिङका नेता राम नाथ अधिकारी को प्रमुख आतित्यता रहेको थियो ।अतिथिमा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ,सस्थाका उपाध्क्ष बाबु कृष्ण सापकोट,सचिव ऋशि राम ढकाल ,सदस्या जिव नाथ ढकाल, गोकुल ढकाल,ऋशि ढकाल, पत्रकार ,१५ अ‍ोटा स्वास्थ्य सस्थाका प्रमुख ,समाजसेवी ,वृद्धीजिविहरुको सहभागिता रहेको थियो ।

२०७३ जेठ १० गते प्रकाशित

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago