धादिङको गल्छि स्थित मास्टारमा सुचना महामार्ग निर्माणकार्यको सिलान्यास

धादिङको गल्छि स्थित मास्टारमा सुचना महामार्ग निर्माणकार्यको सिलान्यास

60692258_853012141744065_8839909582777090048_n

शिवराज आचार्य
गल्छि धादिङ। धादिङको गल्छि स्थित मास्टारमा सुचना महामार्ग निर्माण कार्यको सिलान्यास गरिएको छ ।अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताएका छन । आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको भन्द प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए ।
पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्र पूरा हुने बताउनु भएको छ ।
त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आज नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात भएको छ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर‍‍्‍याउनेछ।अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने अधिकारीले जानकारी दिएका छन ।

२०७६ जेठ ६ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments