खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन

खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन

58379901_340358280002614_7441706919711997952_n

खानीखोला । धादिङको धुनिबेशी ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभएको हो ।

deerwalk-niru-kharel
कार्यक्रममा उपमेयर खरेलले शिक्षा र प्रविधी सँग सम्बन्धित सेन्टरको स्थापना सँगै विद्यार्थीहरुमा सिकाईको क्षमता बढ्ने बताउनुभयो । नगरपालिकाको शिक्षामा विकास गर्नका लागि आफुहरु पनि सहकार्य र समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।
यस्तै डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डेले डियरवाल्क धुनिबेशी सेन्टरको दिगोपनाका लागि स्थानिय सँघसँस्था तथा विद्यालय र स्थानिय निकाय सँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । यसो हुँदा स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने र उपयोगि पनि हुने उहाँको भनाई छ । सेन्टरमा कम्प्युटर, भाषा, वेब पेज डिजाईन लगायत मल्टिमिडिया कक्षाहरु सन्चालन हुने गर्छ ।


२०७६ वैशाख १३ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments