आजदेखि धनगढीमा इण्डो नेपाल क्रिकेट सिरिज

आजदेखि धनगढीमा इण्डो नेपाल क्रिकेट सिरिज

cricket

धनगढी । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आजदेखि ईण्डो नेपाल क्रिकेट सिरिज सुरु हुदैछ । धनगढीको अञ्चल प्रहरीको क्रिकेट मैदानमा हुने ईण्डो नेपाल क्रिकेट सिरिज खेल्न मुम्बई पुलिस क्रिकेट एकेडेमीको १७ वर्ष मुनिको टोली हिजो धनगढी पुगेको छ ।

धनगढी क्रिकेट एकेडेमीको निमन्त्रणमा सो टोली धनगढी आएको हो । एक हप्तासम्म रहने क्रिकेट टोलीले धनगढी क्रिकेट एकेडेमीसँग २ वटा एक दिवसिय र २ वटा टी ट्वान्टी खेलहरु खेल्ने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । जेठ २१ र २२ गते एक दिवसिय तथा २३ गते दुई वटा टी ट्वान्टी खेलहरु हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।

दिनेश ठकुल्ला बाट

२०७३ जेठ २० गते प्रकाशित

Facebook Comments