रसुवाको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट निर्माण

रसुवाको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट निर्माण

रसुवा, १३ माघ । नेपाल र चीनबीच संचालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट निर्माण गरिएको छ । २०७२ सालको भूकम्पले सीमामा रहेका कार्यालयहरु ध्वस्त बनाएसँगै भूकम्प गएको ३२ महिनापछि सीमा नाकामा प्रिफ्याबको एकीकृत चेकपोष्ट निर्माण गरिएको हो ।

भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिफ्याब भवन बनाइएको शहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले बताउनुभयो ।

निर्माण गरिएको भवनमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनु भयो । अन्तर्रा्ष्ट्रिय नाकाका रुपमा घोषित रसुवागढी नाकामा एकीकृत चेकपोष्टबाट सेवा सुचारु गरेसँगै भंन्सार चुहावटमा कमी हुने र अन्तर्रा्ष्ट्रिय सुरक्षा विश्वस्त बनाउन सकारात्मक सन्देश पुगेको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।


२०७४ माघ १३ मा प्रकाशित ।

Facebook Comments