गोवा, सिक्किम जान्छन् क्यासिनो खेल्न नेपाली

गोवा, सिक्किम जान्छन् क्यासिनो खेल्न नेपाली

casino-roulette

धादिङ ।

नखेल्नु जुवा र तास
धनको नास जीवनको बनीबास

जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनैबेला नेपाल संगीत पारखीको मुखैमा झुण्डिएको थियो ।

भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोयल क्यासिनोमा ग्राहक देख्दा यो गीत सार्थक लाग्दैन । जब साँझ पर्न थाल्छ ग्राहकको घुइँचो लागिहाल्छ र मध्यरातसम्मै खाल जम्छ ।

शान्त समुऽको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरूले ठूलो प्राप्ती ठान्छन् । शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने रोयलका महाप्रबन्धक निर्माण आचार्य बताउँछन् ।

जुवाका त्यस्ता खालमा सहभागी हुन नेपाली पनि त्यहाँ पुग्छन् । ‘क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ । म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पुरापुर गर्न चाहन्छु,’ रोयलमा भेटिएका भक्तपुरका नबिन शर्मा ९नाम परिवर्तन० ले भने, ‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ ।’ उनले आफू जग्गा कारोबारी भएको पनिल बताए ।

सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाँउदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक । नेपाली क्यासिनो खेल्न गोवा, सिक्किम वा अन्त कतै गएर खेल्ने उनको भनाइ छ ।

-नागरिक दैनिक

२०७३ वैशाख २६ गते प्रकाशित

Facebook Comments