भोलिदेखि पुरानो बसपार्कमा रोकिँदैआएको बस खुलामञ्च बाट सञ्चालन

radiorajmarga

Highway

२१ वैशाख, काठमाडौं । अब काठमाडौंको पुरानो बसपार्कमा गाडी चढ्न नजानुहोला । भोलिदेखि पुरानो बसपार्कमा रोकिने सबै सवारीको पार्किङ खुलामञ्चमा सारिँदैछ ।

सुविधासम्पन्न २९ तले काठमाडौं टावरको निर्माण सुरु गर्नका लागि बसपार्कलाई खुलामञ्चमा तयारी सकिएको हो । त्यसका लागि खुलामञ्चको पार्किङ क्षेत्रमा कालोपत्रे गर्ने काम पनि सकिएको छ । भोलिदेखि बसपार्कका बसहरू खुलामञ्चबाटै छुट्नेछन् ।

खुलामञ्चको एकतिहाई भागलाई कम्पाउण्डिङ गरेर पार्किङस्थल निर्माण गरिएको हो । अब पुरनो बसपार्कबाट छुट्ने उपत्यका भित्रका र अरनिको राजमार्ग अन्तरगतका विभिन्न जिल्लामा जाने बसहरु खुलामञ्चबाट छुट्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । खुलामञ्चको रत्नपार्क पट्टीको एकतिहाई भागलाई जस्तापाताले घरेर कालोपत्रे गरिएको छ । पार्किङ व्यवस्थापनको लागि लागि टावर निर्माता कम्पनीले बहोरेको छ ।

अब दुई वर्षसम्म खुलामञ्चमा पार्किङ कायम रहने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए । ‘खुलामञ्चमा स्थायी बसपार्क रहँदैन, यो केही समयमा लागि मात्रै हो’ तामाङले भने(‘पुरानो बसपार्कमा काठमाडौं टावर बनेपछि बसहरु पुरानै पार्किङ स्थलमा र्फकनेछन् ।’

उनकाअनुसार टावरमा स्तरीय ‘बस टर्मिनल’ पनि रहने भएकाले निर्माण अवधिभरमा मात्रै खुलामञ्चमा पार्किङ सार्न लागिएको हो । नयाँ बन्ने टावरमा अत्याधुनिक र व्यवस्थित बस टर्मिनलसँगै दुई तलामा सवारी पार्किङको सुविधा पनि हुनेछ । जलेश्वर, स्वछन्द र विकोइ जेभी कम्पनीले काठमाडौं टावरको निर्माणका लागि काम थाल्दैछन् । ujyaalo