माघे संक्रान्तिको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा ९ हल गोरु जुधाइने

माघे संक्रान्तिको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा ९ हल गोरु जुधाइने

bull

रसुवा २६ पौष । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा ९ हल गोरु जुधाईने भएको छ । हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाई मेला हुँदै आएको छ । यो वर्ष पनि माघे संक्रान्तिमा गारु जुधाई मेला हुनेछ । नाम दर्ताको अन्तिम दिन मंगलबारसम्ममा ९ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जानकारी दिएको छ ।
नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुशीयालीमा गोरु जुधाई मेला सुरु भएको हो । गोरु जुधाई मेलाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग गरेको छ ।

यसअघि परम्परामा मात्र सीमित रहेको यो मेला २० वर्ष यता स्थानीय बासिन्दाले बलिया गोरु प्रतियोगिता गराई खुशीयाली साटने थलोको रुपमा विकास समेत भइसकेकोे छ ।


पौष २६ मा प्रकाशित ।

Facebook Comments