भूकम्प पीडितलाई दोस्रो किस्तामा १ लाख ५० हजार

भूकम्प पीडितलाई दोस्रो किस्तामा १ लाख ५० हजार

l;Gw'kfNrf]ssf] ef]6]rf}/ uflj; j8f g++ @ l:yt  j}zfv !@ ut] uPsf]  ljgfzsf/L e"sDkdf k/]/  Wj:t ePsf] ;+/rgf kG5fpFb} s[i0faxfb'/ tfdfª / pgsf kl/jf/ ;f] 3/df tfdfª kl/jf/sf kfFr hgfsf] d[To' ePsf] lyof] . tl:a/ M s'df/ rf}nfufO{, /f;;l;Gw'kfNrf]ssf] ef]6]rf}/ uflj; j8f g++ @ l:yt j}zfv !@ ut] uPsf] ljgfzsf/L e"sDkdf k/]/ Wj:t ePsf] ;+/rgf kG5fpFb} s[i0faxfb'/ tfdfª / pgsf kl/jf/ ;f] 3/df tfdfª kl/jf/sf kfFr hgfsf] d[To' ePsf] lyof] . tl:a/ M s'df/ rf}nfufO{, /f;;

काठमाडौं । सरकारले भूकम्प प्रभावित परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र दिइसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दै ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार दिइसक्ने निर्णय गरेका थिए । आज सम्म ४ लाख ५५ हजार ८९ परिवारसँग अनुदान सम्झौता भइसकेको छ भने बाँकीसँग सम्झौता नै हुन बाँकी रहेको छ । बैठकले पहिलो किस्ता पाइसकेकाहरुलाई दोस्रो किस्तामा १ लाख ५० हजार दिने निर्णय पनि गरेको एमाले नेता भिम रावलले जानकारी दिएका छन् ।

भूकम्प पीडितलाई घर निर्माणका लागि २ लाख अनुदान दिने निर्णय भएपनि प्रधानमन्त्री प्रचण्डले संसदमार्फत एक लाख रुपैयाँ बढाउने घोषणा गरेका थिए । तर, थपिएको एक लाख रुपैयाँको अनुदानमा शौचालय वा बायोग्यासमध्ये एक बनाउनु पर्ने शर्त थप गर्ने प्राधिकरणको निर्णय छ । यसबारे अर्थ मन्त्रालयसँग समन्वय गरेर कार्यविधि बनाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।

२०७३ आश्विन १० गते प्रकाशित

Facebook Comments