अमेरिकी गोलरक्षक होपद्धारा ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप

अमेरिकी गोलरक्षक होपद्धारा ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप

hope

एजेन्सी । अमेरिकी महिला फुटबल टिमकी गोलरक्षक होप सोलोले विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन ड’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । पोर्चुगलको पत्रिका एक्प्रेसोसँगको कुराकानीको क्रममा ब्लाटरले आफ्नो हिपमा समातेको सोलोले बताएकी हुन् । सोलोले अमेरिकी राष्ट्रिय टिमबाट दुई सय २ खेल खेलिसकेकी छन् ।

२०७४ कात्तिक २५ गते प्रकाशित


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नुवाकोटमा २७ विस्थापित परिवारको लागी जग्गा खरिद

नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर