बग्दादमा बिस्फोट, ९३ जनाको मृत्यु

बग्दादमा बिस्फोट, ९३ जनाको मृत्यु

download

एजेन्सी । इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध कार बम बिस्फोटमा ९३ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिस्फोटमा ८७ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर छ । बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको इराकका अधिकारीहरुले बताएका विविसीले जनाएको छ ।
राजधानी बग्दादको सिया मुस्लिम समुदायको बाहुल्यता रहेको साद्र शहरमा ६४ जनाको ज्यान जाने गरी भएको बम आक्रमण पछि थप दुईवटा कार बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अरु दुई वटा आत्मघाती विस्फोट उत्तरी कदीमिया क्षेत्रमा रहेको प्रहरीको चेकप्वाइन्टलाई लक्षित गरी र पश्चिमी क्षेत्रमा गराइएको थियो । त्यहाँ भएको विस्फोटमा २९ जनाको ज्यान गएको छ । विद्रोही समूह इस्लामिक स्टेट आईएसले यो विस्फोटको जिम्मा लिएको विविसीले जनाएको छ ।

Facebook Comments