काठमाडौँको तिन ठाउँमा विष्फोट,चार जनाको मूत्यु केहि घाईते

काठमाडौँको तिन ठाउँमा विष्फोट,चार जनाको मूत्यु केहि घाईते

Boom-Bisfoot-in-Anamnagar-11

धादिङ  । चार जनाको मृत्यु हुने गरी आज आइतबार अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्‍नता रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरेका छन। यी घटनामा चारको मृत्यु र सात जना घाइते भएका छन्।

सुकेधारा विस्फोटका पाँच घाइतेको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ। अनामनगर विस्फोटका एक घाइतेको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घट्टेकुलोमा एकजनाको र सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र ओम अस्पतालमा उपचारका क्रममा एकजनाको गरी तीनजनाको मृत्यु भएको छ। विस्फोटक पदार्थ स्टोर गर्ने क्रममा वा परीक्षण गर्ने क्रममा विस्फोटक पदार्थ बोकेकाहरू नै घटना परेको हुन सक्ने प्रहरीको अनुमान छ।


२०७६ जेठ १२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments