“भूकम्प पीडितलाई घोषणा गरेको रकम सरकारले तत्काल उपलब्ध गराउँछ”

“भूकम्प पीडितलाई घोषणा गरेको रकम सरकारले तत्काल उपलब्ध गराउँछ”

dhola-progrm

कात्तिक २३ , धादिङ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्प पीडित जनताहरुलाई तत्कालै सरकारले घोषणा गरेको रकम उपलब्ध गराउने बताएका छन् । धादिङको ढोलामा मण्डली आधारभूत विद्यालयको उद्घाटन गर्दै मन्त्री निधिले यो कुरा बताएका हुन् । उनले यसका लागि तयारी भैरहेको पनि बताए ।

यस्तै मधेशवादी दल लगायत संविधानसँग असन्तुष्टि राख्नेहरु दलहरुको भावनाको संम्बोधन गर्न सरकारले संविधान संशोधनका लागि अन्तिम तयारी गरिरहेको बताए । संविधान संशोधनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित अन्य दलहरुसँग छलफल भइरहेको र सबै दलहरुको सहमतिमा संविधान संशोधन हुने उनको भनाई थियो । मन्त्रि निधीले संविधान संशोधन लगायत राष्ट्रको हितको पक्षमा कसैसँग नझुकि अघि बढ्ने बताए ।

Facebook Comments