भूकम्पपीडितको सबै काम स्थानीय तहबाटै हुने

भूकम्पपीडितको सबै काम स्थानीय तहबाटै हुने

sushil-1

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताएका हुन् ।

लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो, होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र नगरपालिकाबाट नै सम्बोधन हुने गरी कार्यविधि बनाएर अगाडि बढिसकेको बताए ।

विद्यालय भवन पनि स्थानीय तहअन्तर्गतकै काम भएकाले सबै हेर्ने, गर्ने र संरक्षणको जिम्मा पनि स्थानीय तहको नै हुने भएकाले सबै जिम्मा दिएको उनको भनाइ छ ।

गुनासोको छिटो सम्बोधन गर्नका लागि पुनःसर्वेक्षण गर्ने प्रक्रिया अगाडि बढाएको र निश्चित समयभित्र टुङ्गो लगाउनु पर्ने भएकाले त्यसअनुसार छिटो गतिमा काम भइरहेको उनले जानकारी दिए ।

२०७५ असोज ९ गते प्रकाशित

Facebook Comments