धादिङ । आज एकाविहानै भूकम्पको धक्का महशुस भएको छ । रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्रबिन्दु बनाएर विहान ५ बजेर २० मिनेटमा ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो पनि गोरखा भूकम्पकै पराकम्प भएको जनाएको छ । भूकम्पको धक्का महशुस भएपछि सुतिरहेका काठमाडौंबासी घरबाहिर निस्किएका थिए । २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर माथिका ४ सय ७५ वटा पराकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
२०७३ मँसिर १३ गते प्रकाशित
Facebook Comments